राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

डिसी नेपाल
१६ कार्तिक २०७६ १८:०६

काठमडौं । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन्।

राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन्।

त्यस अवसरमा उनले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पुर्याउने नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेकी थिइन्।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन्। त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाई रहेका छन ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा रौनकताका साथ मनाइन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *