संसारी माया विचित्र….

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:४४

वाशिंटन। पश्चिमी अमेरिकी राज्य इण्डियानाको अक्सफोर्डकी ३६ वर्षीया लारा हस्र्टले आफ्नो घरमा १४० सर्प पालेकी थिइन्। बुधबार उनको निधन भयो। उनको निधन हुँदासमेत उनको घाँटीमा ८ फिटको अजिंगर बेरिएको थियो। महिलाकी छिमेकी बेन्टन काउन्टी शेरिफ, डन मुनसुनले यो सूचना प्रहरीलाई दिएकी थिइन्।

प्रहरी प्रवक्ता किम सारजेन्टका अनुसार लारा हस्र्टको शव उनकै घरमा थियो। प्रहरीले मृत महिलाको घाँटीमा रहेको सर्पलाई हटाएका थिए। तर महिलालाई भने बचाउन सकेनन्। महिलाको घाँटीको साप बेरिएको अवस्थामा थियो। प्रहरीले सर्प घाँटीमा बरिएर उनको मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्। यो विषयमा प्रहरीले छानवीन गरिरहेको जनाएको छ।

हस्र्टका छिमेकी डन मुनसनका अनुसार महिलाको घरमा करिव १४० सर्प थिए। ती मध्ये २० वटा सर्प हस्र्ट स्वयंले किनेकी थिइन्। महिलाको मृत शरीरलाई सबैभन्दा पहिला डनले नै देखेका थिए। हस्र्टको घाँटीमा बेरिएको सर्प विषालु भने थिएन। यो प्रजातिको सर्प अफ्रिका, एशिया र अष्ट्रेलियामा पाइन्छ। यो सर्पको तीन प्रकारको प्रजाति पाइन्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *