डा. गोविन्द केसी आजबाट १७ औँ अनशन बस्दै

डिसी नेपाल
१८ कार्तिक २०७६ ८:४१

काठमाडौं । डा. गोविन्द केसी आजबाट पुनः १७औँ अनशन बस्ने भएका छन् ।

यसअघि सरकारलाई अल्टिमेटम दिदैं आफ्ना माग कार्तिक ८ गतेसम्म पनि पूरा नगरे कार्तिक १३ गते देखि अनशन बस्ने घोषणा गरेका केसीले (सोमबार) आजबाट अनशन बस्ने भएका हुन् ।

केसीले १६औँ अनशन लगाएत विगतका अनसनका क्रममा धेरै सम्झौता भएको तर कार्यान्वयन नभएको बताउँदै आएका थिए।

डा. केसीले विशेषगरी चिकित्सा क्षेत्रमा सुधार, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाहीलगायतका माग राख्दै आएका छन् ।

डा. केसी यसअघि धेरैजसो त्रिवि शिक्षण अस्पतालमै अनशन बस्दै आएपनि यसपटक भने कहाँ अनशन बस्ने भन्नेबारे खुलाएका छैनन् ।

केसी त्रिवि शिक्षण अस्पतालको सेवाबाट भने गत असोज २७ गते अवकास पाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *