अमेरिकासँग सम्बन्ध विच्छेद भएको अवसरमा इरानमा खुशीयाली

डिसी नेपाल
१८ कार्तिक २०७६ ८:२७

तेहरान। इरानले अमेरिकासँगको सम्बन्ध तोडेको ४० वर्ष पुगेको अवसरमा सोमबार खुशीयाली मनाउँदै छ। पुरानो अमेरिकी दूतावासको भित्तामा अमेरिका विरुद केही नयाँ चित्र लगाइएको छ। उक्त दूतावासलाई इरानले जासुसको गुफाको संज्ञा दिँदै त्यसलाई संग्राहलयमा परिणत गरिदिएको थियो।

दूतावासको भित्तामा बनाइएको नयाँ चित्रमा अमेरिकालाई युद्ध उन्माद र विश्वलाई आफ्नो मुठ्ठीमा पार्न लागी परेको आरोप लगाएको छ।
इरानको रिभोल्यूशनरी गार्डको प्रमुख मजर नजरल हुसेन सलामीले दूतावासको भित्तामा बनाइएको नयाँ चित्र आम जनतालाई खुल्ला गरिएको छ। यो चित्र अमेरिकी झण्डाको रंगमा पेन्ट गरिएको छ।

जनरल सलामीले अमेरिकाले १९४५ मा जापानमा दुई पटक परमाणु हतियारको प्रयोग गरेको आरोप लगाए। उनले अन्य देश विशेष गरी इरानका नागरिकलाई परमाणु कार्यक्रमको लाभ उठाउनबाट अमेरिकाले रोकेको टिप्पणी गरे। इरानले १९८० मा अमेरिकासँगको सम्बन्ध तोडेको थियो।

एक चित्रमा स्ट्याच्यू अफ लिबर्टीको मशाल लिएको हात भाँच्चिएको देखाइएको छ। भित्तामा उक्त स्टाच्यूको चित्र भुत जस्तै बनाइएको छ।
एक चित्रमा अमेरिकी ड्रोन देखाइएको छ। जसलाई गत जुन महिनामा इरानले खसालेको थियो। चौथो चित्र इरानको विमान हो, जसलाई ३ जुलाई १९८८ लाई अमेरिकाले खसालेको थियो। जसमा २९० मानिसको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *