नेपाल र नर्वेबीच परामर्श संयन्त्र स्थापना

डिसी नेपाल
१८ कार्तिक २०७६ १९:३०

काठमाडौं । नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्वेका राजदूत लास्से जोनासेनले आज परराष्ट्र मन्त्रालयमा हस्ताक्षर गरेका हुन्।

त्यसअघि दुई देशका मन्त्रीबीच भएको भेटवार्तामा नेपाल–नर्वे सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनका साथै ऊर्जा, व्यापार, लगानीलयगायत आपसी सहयोग अभिवृद्धिका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

दुवै देशका मन्त्रीबीचको वार्ता जलवायु परिवर्तन र त्यसले पारेका असर तथा साझा चासोका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहयोग बढाउनेबारेमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *