बरुण धवनले बसमा सिट नपाएपछि

डिसी नेपाल
११ भदौ २०७५ १४:१३

एजेन्सी । बलिउड अभिनेता बरुण धवन आफ्नो आगामी फिल्म ‘सुई धागाः मेड इन इन्डियामा’ मा एक विन्दास यूवकको भूमिकामा देखिँदै छन्।

यसै फिल्मका लागि उनले एक सिनमा चल्दै गरेको बसमा चढ्नुपर्ने थियो जुन बसमा यात्रु खचाखच हुन्छन्। उनले त्यसका लागि १० टेकसम्म दिनुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सिनको शुटिंगका लागि बरुणलाई धेरै मेहनत गर्नुपरेको बताइएको छ । फिल्मका निर्देशक शरत कटरिया यो सिनलाई रियल देखाउन चाहन्थे त्यसैले उनले बसमा रहेका अन्य मानिसलाई बरुढलाई बाहिर धकेल्न निर्देशन दिएका थिए।

उनी फिल्ममा देखाउन चाहन्थे सर्वसाधरणलाई बस चढ्न कति मुस्किलन हुन्छ भन्ने। बरुणले यो सिन शुटिंग गर्न निकै मुस्किल भएको बताएका छन् । उनी कति पटक त सडकमा खसेकोसमेत बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *