पोर्चुगलको राजधानी लिसबनमा वेब सम्मेलन–२०१९ सुरू

डिसी नेपाल
१९ कार्तिक २०७६ २३:५८

लिसबन (रासस/सिन्ह्वा) । विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ ।

सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।”

आगामी बर्षहरूमा पाँचौँ पुस्ताको ९फाइभ–जी० प्रबिधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रबिधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए ।

कुओले भने, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ (वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रबिधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ ।”

हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आर्टस प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए।

चार दिन लामो सम्मेलनमा करिब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन् ।

आयरल्याण्डबाट सन् २००९ मा सुरू गरिएको वेब सम्मेलन विश्वकै सवैभन्दा ठूलो प्रबिधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *