चर्चाको शिखरमा १५ करोडको रांगो, दैनिक खाना काजु–बदाम
काठमाडौं। भारतको राजस्थानको पुष्करमा लाग्ने पशु मेला भारतमा निकै प्रसिद्ध छ। मेलामा धेरै प्रकारका जनावर देख्न पाइने भएकाले पनि यसको चर्चा बढेको हो। केही जनावर त अनौठा पनि हुन्छन्। पछिल्ले समय पुष्कर मेलामा १५ करोडको राँगो आकर्षको केन्द्र बनेको छ। यो रांगाको नाम भीम हो। यो रांगाले ६ वर्षमा पूर्ण आकार धारण गरेको छ। मेलामा यो रांगालाई हेर्नेको भीड लागेको छ।
रांगाको मालिक जाहर जहांगीरका अनुसार मुर्रा नस्लको यो रांगाको वजन करिव १३०० किलो छ। यो रांगाको खुसारमा खर्च हुने रकम सुन्दा धरै मानिस अचम्मित हुने गरेका छन्। मुर्रा नस्लका यो रांगाको खाना पानी र हेरचाहमा प्रत्येक महिना करिव सवा लाख रुपैयाँ खर्च हुन्छ।
यो रांगाको दैनिक डाइटमा दैनिक दश केजी घ्यू, आधा किलो नौनी घ्यू, दूध र काजु–बदाम दिइने गरिएको छ। त्यस बाहेक एक किलो तोरीको तेलले यसमो मालिस गरिन्छ।
यसअघि भारतको हरियाणामा युवराज नाम गरेको एक रांगाले चर्चा कमाएको थियो। युवराज नामको त्यो रांगालाई किन्न नौ करोडसम्म दिन तयार भएका थिए, तर रांगा मालिकले नबेच्ने अडान लिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment