तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेताहरुको जमघट
नेपाल भारत सीमा समस्यालगायतका विषयमा छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेताहरु
तस्वीर : प्रदिपराज वन्त (रासस)
काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, राप्रपाका कमल थापाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता भीमबहादुर रावललगायतको सहभागिता रहेको छ ।

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ ।

सत्तारूढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् ।








डिसी नेपाल








Facebook Comment