एशियाकप छनोटः भिडियोमा हेर्नुस् नेपालको तयारी

डिसी नेपाल
१२ भदौ २०७५ १२:५०

क्वालालम्पुर (मलेसिया)। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले एसिया कप छनोट खेल्न मलेसियामा छ। नेपालले एसिया कप छनोटअन्तर्गतको पहिलो खेल भोलि ओमानविरुद्ध खेल्दैछ।

यो प्रतियोगितामा शीर्ष स्थानमा रहन सके नेपालले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर विश्व क्रिकेटमा दमदार मानिने टिमसँग वन डे इन्टरनेशनल खेल्नेछ।

हिजो मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बिहान पहिलो खेलअघिको अभ्यास गरेको छ। नेपाली टिम मंगलबार बिहान ११ बजे किनरारा ओभल ग्राउण्डमा अभ्यासको लागि उत्रिएको थियो।

नेपाली टिम भोलि बिहान नेपाली समयअनुसार बिहान पौने ८ बजे ओमानविरुद्ध उत्रिँदैछ । ओमानविरुद्ध भएका ५० ओभरका पछिल्ला ४ खेलमा नेपालले २ खेल जितेको छ र २ खेल हारेको छ। २०१० मा भएको एसीसी ट्रफी एलिट र २०१३ मा भएको आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपालले जितेको थियो । २०१४ मा भएको एसिसि प्रिमियर लिग र २०१५ मा युएइमा भएको खेल नेपालले हारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *