शाहरुख खानका छोरासँग बलिउडमा डेब्यू गर्दै श्रीदेवीकी यी छोरी

डिसी नेपाल
१३ भदौ २०७५ १३:१५

एजेन्सी। स्टार किड्सको डेब्यूको सिजन चलिरहेको छ। सारा अली खान, अनन्या पाण्डे, करन देओल, नान्ह्वी कपुरपछि अब फिल्मको पर्दामा इन्ट्री गर्ने पालो जाह्न्वीकी बहिनी खुशी कपुरको। भारतीय संचारमाध्यमका अनुसार खुशी शाहरुख खानका छोरा आर्यन खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छन्।

भारतीय संचारमाध्यमका अनुसार करन जोहरले खुशीको डेब्यूको जिम्मा लिएका छन्। उनलाई फिल्ममा डेब्यू गर्नुपूर्व ग्रुमिङको कक्षा दिइएको छ। खुशी पनि आफ्नी दिदी जाह्नवीजस्तै फिल्ममा रुची राख्छिन्। उनको रुची फिल्ममा देखेपछि करणनले डेब्यूको जिम्मा लिएका हुन्। शाहरुख खान पनि करणका बेस्ट फ्रेण्ड हुन्। यस्तोमा करणले शाहरुख खानका छोरा र खुशीलाई एकसाथ फिल्ममा लञ्च गर्ने योजना बनाएका हुन्। त्यसो त करण एक सफल लञ्चप्याड पनि हुन्।

आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र वरुण धवनलाई करनले नै लञ्च गरेका थिए। खुशीको डेब्यूलाई लिएर कपुर परिवारका एक नजिकका नातेदारले बताए अनुसार खुशी चाँडै बलिउडमा डेब्यू गर्दैछिन्। त्यो पनि करण कै फिल्ममार्फत। खुशीलाई डेब्यू गर्ने जिम्मेवारी करनले नै लिएका छन्। यद्यपी यो विषयका अहिलेसम्म आधिकारिक रुपमा पुष्टि भएको छैन। तर फिल्मकालागि एक राम्रो स्क्रिप्टको खोजी सुरु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *