छुट्टाछुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला

डिसी नेपाल
३ मंसिर २०७६ १७:३७

काठमाडौं । मंगलबार देशका विभिन्न ठाउँमा ४ जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका ८ गोलखडास्थित भिरमा सल्यान कपुरकोट गाउँपालिका १ उनबाङ बस्ने २२ वर्षीय गोपाल राना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ गंगोरटोल बस्ने २८ वर्षीय लाक्पा तामाङ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नुवाकोटको विदुर नगरपालिका १ पाण्डे गाउँ बस्ने ४० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित खोल्सामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

धादिङको गजुरी गाउँपालिका २ फुर्केखोलास्थित त्रिशुली नदीको किनारमा भक्तपुर सूर्यबिनायक नगरपालिका ५ बस्ने ३८ वर्षीय विकल श्रेष्ठ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

गत कात्तिक ३० गते गजुरी गाउँपालिका २ चम्बासस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *