महाबौद्ध गुम्बाको मूर्ति चोरी

डिसी नेपाल
८ मंसिर २०७६ १०:०३

चितवन । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिईन् ।
गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताईन् ।

गुम्बाको सेफ (दानपेटिका) तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताईन् ।

बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले मुचुल्का उठाउनुका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.