बानेश्वरमा गाडीको ठक्करबाट मर्निङवाकमा हिँडेका डाक्टरको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौँ । आज बिहान ५ः३० बजेतिर बानेश्वरमा गाडीको ठक्करबाट एक डाक्टरको ज्यान गएको छ।
बसुन्धारामा रहेका इशान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षीय डाक्टर प्रभु जोशीको मर्निङवाक हिँडेका बेला बानेश्वरमा गाडीको ठक्करबाट ज्यान गएको हो ।
संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
डाक्टर जोशीलाई ठक्कर दिएर फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment