‘टिलपिल टिलपिल तारा’ गीतको भिडियोमा सुपुष्पा

डिसी नेपाल
८ मंसिर २०७६ १३:१२

काठमाडौं। ‘रणवीर’बाट चलचित्र क्षेत्रमा उदाएकी नायिका हुन् सुपुष्पा भट्ट। त्यसयता उनले ‘छमाया छपक्कै’मा अभिनय गरिन्। अहिले ‘चपली हाइट ३’मा अभिनय गरिरहेकी छिन्।

एकपछि अर्को नेपाली चलचित्रमा व्यस्त बनिरहेकी सुपुष्पा म्यूजिक भिडियोमा पनि देखिन थालेकी छिन्।

उनी अभिनित एक नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। मेलिना राई र विक्रमजंग शाहको स्वर रहेको ‘टिलपिल टिलपिल तारा…’बोलको गीतमा सुपुष्पाले अभिनय गरेकी हुन्। सुमन श्रापितको शब्द, जीवन परियारको संगीत र सुदिप सागरको संगीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन अशिव र अजय पुनलाई फिचरिङ गरिएको छ।

संगीता श्रेष्ठको निर्देशन, रोहन अशिवको कोरियोग्राफी रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

गीतमा आफ्नो मायालुको सुन्दरताको वर्णन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *