१३ औं सागः आज नेपाल र बंगलादेशबीच भलिबल हुँदै
काठमाडौं। १३ औं साउथ एशियन गेम्स (साग) बुधबार शुरु हँदैछ। विधिवत रुपमा आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथरंगशालामा भव्य समारोहका बीच साग उद्घाटन गर्ने कार्यक्रम भए पनि बुधबारबाटै भलिबल भने शुरु हुने भएको हो।
बुधबार १३ औं सागको पहिलो खेल नेपाल र बंगलादेशबीच भलिबल हुने साग सचिवालयले जनाएको छ। दिउँसो २ बजेपछि नेपाल र बंगलादेशबीच दशरथरंगशालास्थित भलिबल कोर्टमा खेल हुने भएको हो।
भलिबल खेल शुरु हुनै लाग्दा पनि कुन देशले सहभागी जनाउँछन् भन्ने निश्चित भइनसकेको जनाइएको छ। खास गरी मंगलबार बेलुकासम्म भारतीय भलिबल टिम आइनपुगेपछि कति टिमले सहभागिता जनाउँछन् निश्चित नभएको हो।
नेपालले पुरुष तथा महिला भलिबलमा स्वर्ण जित्ने आशा गरेको छ। पुरुषभन्दा पनि नेपाली महिला भलिबल पछिल्लो दिनमा बलियो टिम रहँदै आएको छ। हालै नेपाली महिला भलिबल टिमले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो।







डिसी नेपाल







Facebook Comment