रामकृष्णको आवाजमा सतिशको अभिनय [भिडियोसहित]
काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा ‘तिम्रो मन कोमल’बोलको गीत सार्वजनिक गरिएको छ।
लामो समयदेखि अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार सतिश चापागाईँको रचना रहेको गीतमा लोकप्रिय संगीतकार आलोक श्रीको संगीत छ।
गीतको भिडियोमा सतिश स्वयंमले अभिनय गरेका छन्। भिडियोमा उनीसंगै नग्मा श्रेष्ठको अभिनय हेर्न सकिन्छ। यो गीतमा नारीको वर्णन गरिएको छ।
आलोक श्रीकै निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा विकाश दाहालले सम्पादन गरेका हुन्।
गीतका रचनाकार तथा मोडल सतिश नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति हुन्। उनी हाल अमेरिकाबाट सञ्चालित नेपलिज डायस्पोरा अनलाइनको सम्पादक रहेका छन्।
हेर्नुहोस् भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment