गायक तुलसी सिवाकोटीको ‘हे माया’ सार्वजनिक [भिडियो]
काठमाडौं। गायक तुलसी सिवाकोटीको ‘हे माया’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायांकन तथा निर्देशन सञ्जित के. घिसिङले गरेका हुन्। सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ। उल्सन श्रेष्ठले निर्माण गरेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन्।
तुलसी प्रवासमा रहेर पनि बिगत लामो समयदेखि गीत संगीतमा निरन्तर रुपमा सक्रिय रहँदै आएका छन्। यूरोप निवासी उनी त्यहाँका स्थापित गायक हुन्। प्रायः युरोपको हरेक देशमा आफ्नो प्रस्तुती दिईसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेका बिभिन्न देशहरुमा समेत आफ्नो प्रस्तुती दिईसकेका छन्।
प्रवासको बसाई, आफ्नो काम, परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो। तरपनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत क्षेत्रमा उनले योगदान दिईरहेका छन्।
दुई दर्जन बढी गीतमा आफ्नो स्वर दिईसकेका गायकका ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन्। पाश्र्व गायनमा समेत आफ्नो स्वर दिईसकेका गायकले प्रायः देश तथा विदेशमा गरिने कार्यक्रममा दमदार प्रस्तुती दिँदै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment