१३औँ साग : महिला फुटबलमा श्रीलंकालाई हराउँदै नेपाल विजयी

डिसी नेपाल
१७ मंसिर २०७६ १२:२२

पोखरा । दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली टिमले सुखद् सुरुवात गरेको छ ।

आज (मंगलबार) पोखरा रङ्गशालामा नेपाल र श्रीलंकाबीच भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तर पराजित गरेको हो ।

नेपालकी सरु भण्डारीले खेलको दोस्रो हाफको अन्त्यतिर गेल गर्दै नेपाललाई विजयी गराएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *