१२ औं बरियताको नेपालले ७६ औं बरियताको माल्दिभ्सलाई फेरि पनि अलआउट गर्न सकेन

डिसी नेपाल
२३ मंसिर २०७६ १०:३४

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ कास्य पदकका लागि आज जारी खेलमा माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको हो ।

माल्दिभ्सका लागि मोहम्मद रिसवानले १७, लिम शफिगले १९, अमिल मौरुफले १३, मोहम्मद महफूजले १६ र उमर आदमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३, सुसन भारीले २ र पारस खड्काले १ विकेट लिए । आइसीसीको टि–२० अन्तर्राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेको नेपालविरुद्ध ७६ औं स्थानमा रहेको माल्दिभ्सले लगातार २ खेलमा पूरै २० ओभर खेलेको हो । यसअघि समूह चरणको खेलमा पनि माल्दिभ्सले नेपालविरुद्ध पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *