एउटै वस्तुमा दोहोरो/तेहरो कर लाग्न नदिने सरकारले धारणा बनाएको छ यस विषयमा विबाद गर्नुपर्ने अवस्था छैन : प्रचण्ड
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज पर्सामा सम्बोधन गर्दै प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए।
राज्यले लगानीको सुरक्षा गर्छ भन्ने विश्वास नभएसम्म ठूला वैदेशिक लगानी नेपाल भित्र्याउने तथा समृद्धी हासिल गर्ने विषय कृतिम कुरा मात्र हुने भन्दै दाहालले मुलुकभित्र रहेका लगानीकर्तालाई राज्यले ढुक्क बनाउनुपर्ने बताए।
व्यापारीले घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य र व्यापारीमाथि रहेको अनावश्यक झन्झट अन्त्य नभए देशभित्रको पूँजीसमेत पलाएन हुने जोखिम बढ्ने भन्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य र लगानीमैत्री वातावरण बनाएर मात्रै विकास तथा समृद्धीको लक्ष्य हासिल गर्न सकिने धारणा राखे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले उद्योगी व्यपारीलाई ढुक्क भई लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एउटै वस्तुमा दोहोरो तथा तेहरो कर लाग्न नदिने संघीय सरकारले धारणा बनाएको जानकारी दिँदै करका विषयमा विबाद गर्नुपर्ने अवस्था नरहेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सकरारले व्यापारमैत्री कानून तथा वातारण निर्माण भए मुलुकको विकास र समृद्धी हासिल गर्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment