सनी लियोनीले गरिन् ठूलो खुलासा, मच्चियो सनसनी !

डिसी नेपाल
४ भदौ २०७५ १५:१९

मुम्बइ। बलिउड अभिनेत्री सनी लियोनीले नयाँ खुलासा गरेसँगै दर्शकहरुमा सनसनी र उत्साह फैलिएको छ । सनीको बायोपिक ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ले चर्चा पाइरहेको बेला उनले अर्को नयाँ खुलासा गरेकी हुन् । यो खुलासासँगै दर्शकमा उत्सुकता र उत्साह दुवै बढेको छ । सनीको खुलासा उनको बायोपिकको विषयमै छ ।

सनीको बायोपिकमा उनको बाल्यकालदेखि पोर्नस्टार बन्दासम्मका सबै घटनाक्रमहरु समेटिएका छन् । यो बायोपिकमा सनीको जीवनका सबै कुराहरु खुलाइने अपेक्षा गरेका दर्शकहरुले उनी पोर्नस्टार बनेपछिको घटना भने यो बायोपिकमा देख्न पाएका छैनन् । सनी कसरी बलिउड भित्रिइन् र कसरी स्थापित भइन् भन्ने कुरा यो बायोपिकमा छैन । यही बीचमा सनीले सनसनी मच्चाउँदै अहिले रिलिज भएर प्रदर्शन भइरहेको बायोपिक आधामात्र भएको खुलासा गरेकी छिन् ।

 

सनीले उनी पोर्नस्टार बनेपछि अहिलेसम्मका घटनालाई बायोपिकको अर्को भागमा देखाउने खुलासा गरिन् । सनीले ट्वीट गर्दै बायोपिकको सिजन टु छिट्टै आउने खुलासा गरिन् । सनीको यो ट्वीटसँगै दर्शकले उनको बायोपिक पनि ब्लकबस्टर फिल्म ‘बाहुबली’ स्टाइलमा २ भागमा आउन लागेको टिप्पणी गरेका छन् । सनी २०११ मा बिगबोसमार्फत बलिउड भित्रिएकी थिइन् । त्यसपछि बिगबोसको घरमै हुँदा उनले जिस्म २ साइन गरिन् । यी सबै घटना बायोपिकको सिजन २ मा आउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *