दिलाशा न्यौपानेलाई मिस नेपाल युएसएको उपाधि

डिसी नेपाल
६ भदौ २०७५ १३:३८

टेक्सस । छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन्। १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्। कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन्।

टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रम सहित सम्पन्न प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर चुनिँदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन्।

प्रतियोगीतामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन्। सोर्वे फाउण्डेशनको सद्भावना दूत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन्। यसैगरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे।

सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली इण्टरप्रेनर अमित शाह हुन्।

टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो।

पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट बिभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए। प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन्।

अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उदेश्य रहेको यो प्रतियोगीता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ । यसपटकको प्रतियोगीताको होष्ट संजय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौदर्य प्रतियोगीताको यो छैठौ संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतीक सुवेदीको ब्यावस्थापनमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *