महासमिति बैठक मंसिर पहिलो साता गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
९ भदौ २०७५ १२:४३

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ५ देखि ९ मंसिरसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए। यसअघि वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाउने निर्णय गरेको थियो।

शनिबार बसेको बैठकमा विधान संशोधन मस्यौदा समितिमा दुईजना जिल्ला सभापतिहरु थप्ने निर्णय पनि गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *