सिंगापुरविरुद्ध नेपाललाई सुरुवातमै दोस्रो सफलता

डिसी नेपाल
१७ भदौ २०७५ २:००

मलेसियामा जारी एसिसी एशिया कप छनोटको चौथो खेलमा सिंगापुरविरुद्ध नेपालले सुरुवातमै दोस्रो सफलता हात पारेको छ।

टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै सफलता दिलाएका थिए। पहिलो ओभरको तेस्रो बलमा उनले ओपनर अर्जुन मुत्रिजालाई खाता नै खोल्न नदिइ बोल्ड पारेका हुन्।

यस्तै ललित राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

तीन खेलमा एक जित निकालेर पाँचौं स्थानमा रहेको नेपालले यसखेलमा फराकिलो जित निकाल्न सकेको खण्डमा एशिया कपमा छनोट हुने सम्भावना जिवित राख्नेछ।

जारी एसिया कपको शीर्षमा रहने टोली भदौ अन्तिममा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूह एमा पर्नेछ। ६ टोली सम्मेलित प्रतियोगितामा ओमान शीर्षमा, यूएई दोस्रोमा र हङकङ तेस्रोमा र मलेसिया चौथोमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *