प्रकाण्ड पटक-पटक पक्राउ परेपछि सर्वोच्चले दियो यस्तो आदेश

डिसी नेपाल
१८ भदौ २०७५ १३:२४

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न पुनः आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले थुनामा राख्ने पर्याप्त कारण, आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै प्रवक्ता विश्वकर्मालाई रिहा गर्न आदेश दिएको हो।

विश्वकर्मालाई पटक पटक गैरकानुनी थुनामा राख्ने काम गरेर अदालतको आदेशको पालना नगरेकोमा गम्भिर ध्यानाकर्षण भएको पनि आदेशमा उल्लेख गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिए।

चन्दा असुलीको अभियोगमा गत साउन २३ गते पक्राउ परेका विश्वकर्मालाई सर्वोच्च अदालतले छाडने आदेश दिएको थियो। त्यस लगत्तै उनलाई सर्वोच्चको मूल गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि पनि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रेको जिल्ला अदालतमा उपस्थित गराउँदा पनि त्यहाँको अदालतले छोडन दिएको आदेश विपरित पक्राउ गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *