ओली सरकारसँग लड्न कार्यकर्तालाई देउवाको निर्देशन !

डिसी नेपाल
१९ भदौ २०७५ १३:०१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई पार्टीकरण गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिएका हुन।

पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याए।

सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेकोे पनि दावी गरे।

काँग्रेस सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी पनि गरे। प्रमुख प्रतिपक्षको रुपमा नेपाली काँग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भईरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। उनँले अवकाश प्राप्त पार्टी निकट कर्मचारीहरुलाई पार्टीले उचित स्थान दिने आश्वासन पनि दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *