अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही हुन्छ : डा कोइराला
विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन् ।
वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा बिहीबार यहाँ आयोजित विचार गोष्ठीमा उनले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पारे।
तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उनले बताए । केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गरिन्।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment