साफ च्याम्पियनसिपको सेमिफानइलबाट बाहिरियो नेपाल, माल्दिभ्ससँग ३-० ले पराजित
काठमाडौं । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। माल्दिभ्ससँगको पराजयसँगै नेपालको साफ च्याम्पियनसिप सपना अधुरो बनेको छ।
वर्षाले केहिबेर प्रभावित खेलमा माल्दिभ्सका लागि ८ अौं मिनेटमा अक्रम अब्दुल घानीले गोल गर्दै नेपाललार्इ १–० ले पछि पारेका थिए। भारी वर्षापछि खेलको २७ औं मिनेटमा खेल रोकिएको थियो। झन्डै आधा घन्टापछि भएको खेलको पहिलो हाफ सकिँदा नेपालले गोल फर्काउन सकेन।
खेलको ८४ अौं र ८६ अौं मिनेटमा इब्राइम वाहिद हसनले माल्दिभ्सका लागि लगातार दुर्इ गोल गरे । योसंगै माल्दिभ्स साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment