नेपालले सङ्घीयता धान्नै सक्दैन : चित्रबहादुर केसी
धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा बिहीबार यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गरे ।
‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन्’, अध्यक्ष केसीले भने, ‘केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा छ ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment