साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै
एजेन्सीं । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको फाइनलमा आज (शनिबार) भारत र माल्दिभ्स भिड्दैछन्।
खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समय अनुसार साझ ६ः४५ बजे सुरु हुनेछ। भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३–१ ले हराएर उपाधि नजिक पुगेको हो भने यस्तै माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो।
समूहमा दुबै टोली समूह बी मा रहेका थिए। समूह चरणमा भने भारतले माल्दिभ्सलाई हराएको थियो। भारतविरुद्ध मैदान उत्रदा माल्दिभ्स समूह चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।
साफमा सर्वाधिक सफल टोली भारतले ७ पटक उपाधि जितेको छ भने माल्दिभ्सले एक पटक साफको उपाधि उचालेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment