इराककी चर्चित र सुन्दरी मोडल तारा फेयर्सको गोली हानी हत्या

डिसी नेपाल
१६ असोज २०७५ ६:२२

एजेन्सी। सोशल मिडिया स्टार तथा इराकी मोडल तारा फेयर्सलाई बिहीबार इरानको राजधानी बगदादमा गोली प्रहरी हानी हत्या गरिएको छ। इराकका प्रधानमन्त्री हैदर अदल अबादीले हत्याको अनुसन्धान गर्न आदेश दिएका छन्। तारा फेयर्सको हत्या भएको खबर भाइरल हुने बित्तिकै उनको फ्यान निकै दुखी भएका छन्।

२२ वर्षीया मोडल तारा फेयर्स स्पोर्टिङ ट्याटूज, बेग्ला बेग्लै हेयर कलर र एडवेन्चरस कपडालाई लिएर सामाजिक संजालमा निकै चर्चित थिइन्। २७ लाख फलोअर्सकासाथ सामाजिक संजालमा चर्चित आइनक भइसकेकी थिइन्। तारा फेयर्सले मिस बगदादको उपाधिसमेत आफ्नो नाम गर्न सफल भएकी थिइन्। त्यसबाहेक उनी मिस इराककी फस्र्ट रनर अप पनि भएकी थिइन्।

उनलाई कसले र किन हत्या गर्यो भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन। कतिपयले उनको जीवन शैली र लोकप्रियताका कारण हत्या गरेको आशंका गरेका छन्।

तारा आफ्नो कारमा बगदादतर्फ जाँदै गर्दा उनीमाथि तीन गोली प्रहार भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। गोली लागेर गम्भीर घाइते भएकी ताराले बगदाददेखि क्याम्प सारा जिल्लासम्म कार चलाएकी थिइन्। बगदादको आन्तिरक मामिला मन्त्रालयले ताराको हत्याको जाँच गर्न आदेश दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *