नेपाललाई दियो चीनले २७ रनको लक्ष्य, ८ ब्याट्सम्यान सुन्यमै आउट

डिसी नेपाल
२४ असोज २०७५ ३:३०

काठमाडौँ । मलेसियामा जारी आइसिसी विश्व टी(२० एशिया छनोट समूह ‘बी’अन्तर्गतको पाँचौ खेलमा चीनले नेपाललाई २७ रनको लक्ष्य दिएको छ।

टस हारर पहिले ब्याटिङ गरेका चीनले १३ ओभरको खेलमा पूरै विकेट गुमाउँदै २६ रन बनायो। चीनका लागि ओपनर होङ जियाङ यानले मात्र दोहोरो अंक जोड्न जोड्न सके भने आठ ब्याट्सम्यानले कुनै पनि रन बनाउन सकेनन्।

नेपालका लागि सन्दिप लामिछाने, ललित राजवंशी र बसन्त रेग्मीले ३/३ विकेट लिए। एक जना ब्याट्सम्यान भने रन आउट भए। यस अघ भएका ४ वटा खेलमा नेपालले लगातार जित हात पारेको छ। पाँचौँ खेलमा पनि सफलता प्राप्त गर्ने नेपाली टोलीको पक्का जस्तै छ।

नेपालले यसअघि भुटान, म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *