मोटो रकमको प्रस्ताव अस्वीकार गर्दै स्ट्राइकर लियोनल मेस्सी
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले गरेको मोटो रकमको प्रस्ताब अस्वीकार गरेको खुलासा भएको छ।
मेस्सीका लागि सिटीले बार्सिलोनाको भन्दा ३ गुणा बढी तलबको प्रस्ताब गरेको तर मेस्सीले उक्त प्रस्ताब अस्वीकार गरेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ।
मेस्सीको लागि ३ गुणा तिर्न तयार भएको कुरा सिटीका प्रमुख खाल्डून अल मुबारकले खुलासा गरेको पत्रिकाले जनाएको हो। गोल डटकमका अनुसार इतिहाद स्टेडियममा मेस्सीलाई ल्याउन सिटीले हरेक साता १ मिलियन पाउण्ड बढीको प्रस्ताब लगेको थियो।
बार्सिलोनाका पुर्व प्रशिक्षक पेप ग्वार्डीवाला सिटीमा आएपछि सिटीले मेस्सी भित्र्याउने कोशिस गरेको हो। तर, मेस्सी क्लबमा ल्याउने प्रयास गर्दा प्रशिक्षक ग्वार्डीवाला समेत थाकेको बताईएको छ।
अर्जेन्टिनाका ३१ बर्षे मेस्सीले गत बर्ष बार्सिलोनासंग क्लबमा रहन गरी नयाँ सम्झौता गरेका थिए। नयाँ सम्झौतासंगै मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहनेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment