विकेट लिएपछि मैदानमै विकेट किपरलाई बलरको थप्पड (भिडियोसहित)

डिसी नेपाल
५ कार्तिक २०७५ १५:४१

एजेन्सी । भारतको गुहाटीमा आइतबार भएको वेष्टइन्डिज र भारतबीच भएको खेल निकै रोमाञ्चक भयो । खेलमा दुबै टिम मिलेर साढे ६ सय र बनाए ।

ब्याटबाट निस्कने चौका र छक्काले दर्शकलाई भरपुर मोरञ्जन दिएको सो म्याचमा दशर्कका लागि अर्को एक घटनाले पनि मनोरञ्जन दियो । वेष्टइन्डिजका लागि पहिलो खेल खेलिरहेका शेसनै थोमसले खेलको दोस्रो ओभरमै शिखर धवनलाई बोल्ड गरे ।

करिअरको पहिलो विकेट लिँदा त्यो पनि शिखर जस्तो खेलाडीको उनी निकै उत्साहित बने । साथी खेलाडीहरुसँग उत्साहित मुडमा खुसी मनाए । ठिक त्यसै बेला यस्तो घटना भयो जुन कुनै दर्शकको क्यामेरामा कैद भयो ।

खासमा भयो के भने धवनको विकेट लिएपछि थोमस खुसी हुँदै उफ्रेर साथीहरुसँग तालिमिलाइरहेका थिए । त्यसै बेला उनको हातले साथी विकेटकिपरको गालामा थप्पड जस्तै लाग्यो ।

एकछिन थोमस आफै हैरान भए । विकेट किपर साई होपले हाँसेर त्यसको जवाफ दिए ।

खेल हेर्न मैदानमा पुगेका कुनै एक दर्शकले मैदानमा भएको यो रमाइलो पलको भिडियो बनाएर ट्वीटरमा शेयर गरे । सो भिडियो भाइरल भएको छ ।
हेरौ भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *