साहित्यकार सुबिसुधा आचार्यले ल्याइन् सबैलाई रुवाउने दशैं गीत (भिडियो)

डिसी नेपाल
६ कार्तिक २०७५ ५:२८

भर्जीनिया । साहित्यकार सुबिसुधा आचार्यले ल्याइन् सबैलाई रुवाउने दशैं गीत ‘प्रदेशीलाई दशैंतिहार’ बोलको गीत बजारमा ल्याएकी छन्।

भर्जीनिया (अमेरिका) मा बस्दै आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडपर्वमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

गायक अर्जुन सुनामको स्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।

आलाप रेकर्डिंग स्टुडियोले बजारमा ल्याएको उक्त गीत अमेरिकामै सुटिड गरिएको हो। काठमाडौंबाट सूचना प्रविधिको प्रयोग अनलाइन लाइभमार्फत् उक्त गीतको म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका हुन्।

भिडियोको प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका थिए। सूचना प्रविधिको प्रयोग भरपुर प्रयोग गरिएको यस गीतको म्युजिक भिडियोमा नयाँ प्रविधिको सफल प्रयोग गरिएको निर्देशक हेम प्रभाष बताउँछन्। एकान्त मगरको सम्पादन रहेको गीतको छायांकन फोटोग्राफर राजिब श्रेष्ठले गरेका छन्।

(हेर्नुहोस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *