एएफसी छनोट : नेपाल थाइल्याण्डसँग स्तब्ध

डिसी नेपाल
७ कार्तिक २०७५ १५:१८

काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल घरेलु टिम थाईल्याण्डसँग पराजित भएको छ।

थाइल्याण्डको चुनबोरी मैदानमा सम्पन्न खेलमा नेपाल शून्य तीन गोल अन्तरले पराजित हुँदा अंक खोस्ने नेपालको सपना तुहियो। पहिलो हाफ मा दुई गोलले पछि परेको नेपाल खेलको इन्जुरी सयममा थप एक गोल खान पुग्यो।

सकिँदा नेपाल दुई गोलले पछि परेको छ। नेपालले खेलको ९ औ र १७ औं मिनेटमा गोल खाएको छ । नेपालले दोस्रो गोल पेनाल्टीमा आएको हो । खेलको दोस्रो हाफ शुरु भएको छ।

पहिलो हाफमा नेपालको खेल निकै फितलो देखिएको नेपाल दोस्रो हाफमा आक्रमक बने पनि गोल गर्नबाट चुक्यो । नेपालले टार्गेटमा एउटा पनि चार्ज गर्न सकेन । नेपालका दुई जना खेलाडीले पहेँले कार्ड खाए।

थाइल्याण्डले तीनवटा चार्ज टार्गेटमा गर्दा तीनै गोल भए । उसले कर्नर किकको मौका पनि ४ पटक पायो। थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ । नेपालले अब अर्को खेल पाकिस्तानसँग २८ अक्टुबरमा खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *