आफ्नै पार्टीको चियापान कार्यक्रममा समेत पुगेन प्रधानमन्त्री ओली

डिसी नेपाल
१० कार्तिक २०७५ १३:१५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अर्का अध्यक्ष पुष्प कमल दाहाल र अन्य बरिष्ट नेताहरु भने उपस्थित छन्। अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली चियापान कार्यक्रममा सहभागि नभएको बताइएको छ।

दशै तिहार र छठ पर्वको अवसरमा नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको दावी गरे।

उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए। चियापान समारोहमा नेताहरु बरिष्ट नेता माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ।




प्रतिक्रिया

One thought on “आफ्नै पार्टीको चियापान कार्यक्रममा समेत पुगेन प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *