काँग्रेसको महासमिति बैठक हुने निश्चित, बैठकस्थल तोकियो

डिसी नेपाल
१० कार्तिक २०७५ १६:२४

काठमाडौं । तोकिएको मितिमा बैठक हुनेमा आशंका बडिरहेका बेला नेपाली कांग्रेसले बैठक स्थलसमेत तोकेर बैठक हुने निश्चत भएको सन्देश दिएको छ। मंसिर ५ देखि ९ सम्म हुने महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो।

पार्टी सभापति देउवा र उनी बाहेकका नेताबीच विवाद बढेपछि महासमिति बैठक अन्यौल भएको थियो। तर, सभापति देउवाले तोकिएकै मितिमा बैठक गर्ने दृढता व्यक्त गरेपछि बैठकको स्थान तय गरिएको हो।

कांग्रेस पदाधिकारी र उपत्यकका तीन जिल्ला कार्य समितिको बैठकले स्थान तय गरेको हो। यसअघि केन्द्रीय कार्यसमितिको भाद्र ९ मा बसेको बैठकले महासमिति बैठकको मिति तय गरेको थियो।

यसैगरी कात्तिक १६ गते आयोजना हुने चियापान तथा शुभकामना कार्यक्रम व्यवस्थित बनाउने जिम्मेवारी सो बैठकले काठमाडौं जिल्ला कार्य समितिलाई दिएको छ। साथै कार्यक्रम भव्य बनाउन तीनै जिल्ला कार्य समितिलाई व्यापक परिचालन गर्ने निर्णय पनि गरिएको छ।

महासमितिको बैठक सम्पन्न गर्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक १२ गते बस्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *