ठूला दललाई संघीयता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” – चित्रबहादुर केसी

डिसी नेपाल
१२ कार्तिक २०७५ १०:०७

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन्। नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयंनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव दर्ता लागेको बताएका हुन्।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभइ नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए। काँग्रेस एमालेले समेत संघीयता नचाएको तर बाध्यतामा परेर स्विकारेको भन्दै उनले संघीयता ठूला दलको आफ्नो एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा भएको उनको दाबी थियो।

उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दाबी गर्दै उनले नेपालमा संघीयता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठूला दलहरुलाई पनि संघीयता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” भने जस्तै गलपासो भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *