ओली आफैं संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागेको कांग्रेसको गम्भीर आरोप

डिसी नेपाल
२५ कार्तिक २०७५ १२:४८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैं संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागि रहेको गम्भीर आरोप लगाएका छन्।

नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न किन ढिलाई गरेको भन्दै सरकारलाई प्रश्न पनि गरे।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विकास निर्माणको कामलाई अघि नबढाएको, कर थोपर्ने काम गरेको भन्दै सरकारको समग्र काम कार्वाहीप्रति आक्रोश व्यक्त गरे।

नेता श्रेष्ठले शक्ति आफ्नो हातमा लिएर सरकारले विपक्ष दललाई तर्साउने गतिविधि गरिरहेको आरोप पनि लगाए। कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले भने सरकारको कामको समिक्षा गर्ने बेला नभएको जवाफ दिएका थिए।

उनले ५ वर्षे अवधिको सरकारलाई ८ महिना पूरा नहुँदै विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क पनि गरे। नेता रायमाझीले सरकारलाई विकास, निर्माणको काममा रचनात्मक सहयोग गर्न पनि काँग्रेससँग आग्रह गरे। नेता रायमाझीले सरकारको आलोचनामा मात्रै समय नबिताउन पनि प्रमुख प्रतिपक्ष काँग्रेससँग आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *