पदमरत्न तुलाधरलाई देशभक्त बामपन्थी नेताको रुपमा स्मरण गर्दै नेताहरु

डिसी नेपाल
२५ कार्तिक २०७५ १३:०९

काठमाडौं । राजनीतिक दलका नेताहरुले स्वर्गीय पदमरत्न तुलाधरले नेपालको राजनीतिक, सामाजिक-सांस्कृतिक तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका छन्।

नेपाल शान्ति प्रतिष्ठानले आईतबार तुलाधरको स्मृतिमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावललगायतका नेताहरुले तुलाधरले नेपालको राजनीतिक परिवर्तन, मानव अधिकारको प्रवद्र्धन र भाषा संस्कृतिको जगेर्नाका लागि पु¥याएको योगदानको स्मरण गराएका हुन्।

काँग्रेस उपसभापति निधिले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तुलाधरलाई नेपाल र नेपालीले कहिल्यै बिर्सन नसक्ने बताए। उनले नेपालको सांस्कृतिक तथा भाषिक आन्दोलनमा पनि तुलाधरले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले तुलाधरलाई निष्ठावान, देशभक्त बामपन्थी नेताको रुपमा स्मरण गरे। उनले तुलाधरसँगको सहकार्यका दिनहरुको स्मरण गर्दैै त्यसले नेपालको बामप्रजातान्त्रिक आन्दोलनलाई उर्जा दिएको पनि स्पष्ट पारे।

नेता रावलले तुलाधरले नेपालको मानव अधिकार संरक्षणको क्षेत्रमा पनि अतुलनीय योगदान दिएको उल्लेख गरे। स्वास्थ्य मन्त्रीको रुपमा समेत जनपक्षीय काम गरेका तुलाधरले नेपालको बाम प्रजातान्त्रिक आन्दोलनका एक अगुवा तुलाधरको मस्तिष्क घातका कारण गत आईतबार निधन भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *