टि–१० लिग: पहिलो खेलमै सन्दिपलाई सफलता

डिसी नेपाल
६ मंसिर २०७५ ५:१५

एजेन्सी। १० ओभरको क्रिकेट टि–१० लिगमा आफ्नो पहिलो खेलमै नेपाली स्पिनर सन्दिप लामिछानेले चामत्कारिक प्रदर्शन गरेका छन् । उनले आफ्नो कोटाको २ ओभरमा मात्रै ७ रन दिँदै ३ विकेट लिए । उनी लिगको आफ्नो पहिलो खेलमै म्यान अफ द म्याच घोषित भएका छन् । सन्दिपको चामत्कारिक प्रदर्शनको बलमा लिगको साविक विजेता केरला किंग्सले पख्तुन्सलाई ८ विकेटले पराति गरेको छ ।

गएराती युएइको शारजहामा भएको खेलमा सन्दिपले केरला किंग्सको तर्फबाट खेल्दै पख्तुन्सविरुद्ध ३ विकेट लिएका हुन् । सन्दिपले पाँचौ र सातौं ओभर बलिङ गरेका थिए । सन्दिपले आफ्नो पहिलो र इनिङको पाँचौं ओभरमा १० रन दिँदै २ विकेट लिए । पहिलो बलमै उनले आन्द्रे फ्लेचरलाई कप्तान इयान मोर्गनको हातबाट क्याच गराए । ओभरको अन्तिम बलमा उनले कोलिन इन्ग्रामलाई विकेटकिपर उपुल थरंगाको हातबाट स्टपिङ गराए ।

आफ्नो दोस्रो र इनिङको सातौं ओभरबलिङ गर्न आउँदा सन्दिपले ७ रन दिएर अर्को १ विकेट लिए । उनले मुहम्मद कलिमलाई किरन पोलार्डको हातबाट क्याच गराए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पख्तुन्सले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १०९ रन बनाएको थियो । पख्तुसका लागि आन्द्रे फ्लेचरले १४ बलमा ३२ रन, क्यामरन डेलपोर्टले १५ बलमा २८ रन लियाम डासनले ११ बलमा २५ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको केरला किंग्सले १३ बल बाँकी छँदै २ विकेटको क्षतिमा ११० रन बनायो । केरला किंग्सका लागि क्रिस गेलले ७ बलमा १३ रन, पल स्टिरलिङले १४ बलमा ४० रन, कप्तान इयान मोर्गनले २० बलमा ४६ रन र किरन पोलार्डले ६ बलमा १ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *