इबरसँग रियलको लज्जासपद पराजय, वार्सिलोना र एट्लेटिको भिड्दै

डिसी नेपाल
८ मंसिर २०७५ १४:३२

एजेन्सी । स्पेनिस ला लिगामा शनिबार भएको खेलमा रियल मड्रिडले इबरसँग शून्य-तीनको लज्जासपद् हार ब्यहोरेको छ। बल पोसेसनमा रियल अगाडी रहे पनि गोल भने इबरलेमात्र गर्यो।

खेल अवधिभर इबरले ३९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दा ८ वटा प्रहार टार्गेटमा गरेको थियो । उता ६१ प्रतिशत बल होल्ड गरेको रियलले ३ वटामात्र प्रहार टार्गेटमा गरेको थियो।

इबरका लागि इस्कालन्टेले १६ औं मिनेटमा गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा इरिञ्चले गोल गर्दै टीमको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि किकेले गोल गर्दै खेल ३-० मा पुर्याए । यसपछि भने दुबै टीमबाट गोल हुन सकेन। यो खेलपछि इबर १८ अंकसहित ७ औं स्थानमा रहँदा रियल भने २० अंकसहित ६ औं स्थानमा छ।

ला लिगामा शनिबारै साबिकको विजेता तथा शीर्ष स्थानको बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्दैछ । एट्लेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:३० मा सुरु हुनेछ ।

एट्लेटिको र बार्सिलोनाबीचको खेल निकै रोमान्चक हुने देखिन्छ । आज बार्सिलोना आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । एट्लेटिको भने बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।

लिगमा बार्सिलोनाले १२ खेलबाट २४ अंक जोडेको छ । एट्लेटिकोको २३ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *