सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन कार्यकर्ता पक्राउ

डिसी नेपाल
१० मंसिर २०७५ १४:२५

लहान । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ।

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

संयोजक राउत हाल प्रहरी हिरासतमै छन्। उनीमाथि राज्य विप्लवको मुद्दा लगाइएको छ। राउत पटक पटक पक्राउ पर्ने र छुट्ने गरेका छन्।

पछिल्लो समय राउतका गतिविधि बढेपछि सरकारले उनीमाथि निगरानी बढाएको छ। छिमेकी मुलुक भारतको आग्रहमा पनि राउतमाथि निगरानी बढाएको चर्चासमेत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *