यस्ता छन् विश्वकप क्रिकेट आयोजना हुने ११ रङ्गशाला (भिडियो रिपोर्ट)

डिसी नेपाल
८ जेठ २०७६ २:०५

विश्वकप क्रिकेटको १२ औं संस्करण शुरु हुन अब दुई साता भन्दा कम समय बाँकी रहेको छ । मे ३० अर्थात जेठ १८ देखि शुरुहुने विश्वकप क्रिकेट यसपटक इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

यसपटकको विश्वकप क्रिकेट प्रतियोगिता पहिलेका तुलनामा केही भिन्न हुनेछ । विश्वकपको यो संस्करणमा १० टोलीलाइ मात्र समावेश गराइएको छ ।

दश राष्ट्र सहभागि विश्वकपलाई यसपटक राउण्ड रोबिनका आधारमा खेलाइदैछ । यसको मतलव सबै दश टोली एकै समुहमा छन् र सबैले सबैसँग कम्तिमा एक खेल खेल्नुपर्नेछ । समुहको शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आयोजक इङल्याण्डसँगै अष्ट्रेलिया, बंगलादेश, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान र वेष्ट इण्डिजले यसपटक विश्वकप खेल्दैछन् । विश्वकप क्रिकेट ११ वटा रंगशालामा खेलाईनेछ ।

थप तथा विस्तृत जानकारीको लागि हेर्नुस् केन्द्बिन्दु न्युजले तयार पारेको यो भिडियो रिर्पोट…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *