कुन हुन् विश्वकपका सफल र अभागी देश ? (भिडियोमा)

डिसी नेपाल
८ जेठ २०७६ ८:२९

यसै महिनाको अन्त्यबाट इङल्याण्ड र वेल्समा विश्वकप क्रिकेटको १२औं श्रृखंला शुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसीसीले प्रत्येक चार वर्षमा विश्वकपको आयोजन गर्ने गर्छ ।

सन् १९७५ मा इङल्याण्डबाट विश्वकप क्रिकेट प्रतियोगिताको शुरुवात भएको थियो । त्यसपछिका दुई विश्वकप संस्करण, सन् १९७९ र १९८३ पनि लगातार इङल्याण्डले नै आयोजना गरेको थियो ।

सन् १९८७ को चौथो विश्वकपबाट आइसीसीले आफ्ना अन्य सदस्य राष्ट्रलाई आयोजनाको अधिकार दिएको थियो । त्यस समयदेखि हालसम्म कुन देश सबैभन्दा सफल भयो र कुन देश अहिलेसम्म नै अभागी रह्यो त्यसै बारेमा यो भिडियोरिपोर्ट तयार पारेका छौँ ।

थप तथा विस्तृत जानकारीको लागि हेर्नुस् केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिर्पोट…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *