इदको अवसरमा कतारमा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को सम्पूर्ण तयारी पुरा

डिसी नेपाल
१३ जेठ २०७६ ६:४३

दोहा ।  इदको अवसरमा कतारमा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को तयारी पुरा भएको छ । कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा जुन ६ (इदको द्रोस्रो दिन) हुन लागेको नेपाल आइडल र बुगीवुगी इद फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका आयोजक रहेका एनआरएनए मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले जानकारी दिए । उनले आइतबार दोहाको बेस्ट वेष्टर्न होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् ।

कतार नेपालीहरूको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश हो । यहाँ करिव ५ लाख नेपालीहरु कार्यरत छन् ।कतारको राष्ट्रिय चाड ईदमा सार्वजानिक विदा दिईने गरिन्छ। । इस्लाम धर्मावलम्बीहरूको महान चाड (रमादान इद–अल फितरको) अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

यो कार्यक्रम कतारमा रहेका नेपालीहरुलाई मनोरञ्जनका लागि मात्रै नभई चितवनमा निर्माण हुन लागेको नेपालकै गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोगको पवित्र उद्देश्यसहित आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा उपसंयोजक गुरुङले कार्यक्रममा नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलतापूर्वक ग्रान्ड फिनाले सम्पन्न गरेका थिए। नेपाल आइडल र बुगीवुगी इद फेस्टिवल कार्यक्रमका सल्लाहकार सागर नेपालले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिएका थिए।

शोभा त्रिपाठी र विवेक खतिवडाले सञ्चालन गर्ने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरू, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसँगै विजेता सुदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् ।

यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरू विजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनहुँकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै कार्यक्रममा चर्चित र्‍यापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एवं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक गुरुङले बताए । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *