सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन : नेता रिजाल

डिसी नेपाल
२४ जेठ २०७६ १०:२३

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।
नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको बताए।

शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको दावी गरे। आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ।

छायाँ सरकारका अर्थमन्त्री समेत रहनु भएका उनले एक वर्ष भित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको भन्दै सरकारलाई प्रश्न गरे। नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *