जुन ६ मा आयोजना हुने ‘नेपाल आइडल, बुगीबुगी इद फेस्टवल’का कलाकारको दोहामा स्वागत

डिसी नेपाल
२१ जेठ २०७६ ७:११

दोहा । आगामी बिहीबार (जुन ६) मा कतारमा हुुने ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ मा सहभागी हुन नेपालबाट कलाकारहरुको टोली दोहा आइपुगेको छ ।

टोलीमा नेपालको चर्चित रियालटी शो नेपाल आइडलको दोस्रो संस्करण तथा बुगिबुगी पहिलो संस्करणका उत्कृष्ट चार प्रतिस्पर्धीसहित लोक तथा आधुनिक गीतसंगीतका ख्यातीप्राप्त कलाकार, मनोरञ्जन तथा हास्यब्यंग्य क्षेत्रका चर्चित कलाकार सहभागी छन् । कलाकारको टोली सामेबार मध्यराति दोहास्थित हमद अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । टोलीलाई आयोजक तथा एनआरएनए मध्यपूर्व उपसंयोजक प्रवीन गुरुङले स्वागत गरेका थिए ।

यो कार्यक्रम कतारमा रहेका नेपालीहरुलाई मनोरञ्जनका लागि मात्रै नभई चितवनमा निर्माण हुन लागेको नेपालकै गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोगको पवित्र उद्देश्यसहित आयोजना गरिएको हो । यो कार्यक्रमबाट नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रमका आयोजक गुरुङले घोषणा गरिसकेका छन् ।

फेस्टिवल सनैयास्थित ग्रान्ड मलको एसियन टाउन. एम्पिथियटरमा आयोजना हुँदैछ । कार्यक्रम मुस्लिम समुदायको सबैभन्दा पवित्र पर्व इद यसपटक पाँच तारिखमा पर्ने अनुमानसहित दोस्रो दिन अर्थात ६ तारिखमा आयोजना गरिए पनि इद ४ तारिखमै परेको छ । तर, कार्यक्रम भने पूर्वनिर्धारित मिति ६ तारिखमै आयोजना गरिएको एनआरएनए मध्यपूर्व उपसंयोजक गुरुणले बताए । यसअर्थमा अब कार्यक्रम इदको तेस्रो दिन पर्ने भएको छ ।

शोभा त्रिपाठी र विवेक खतिवडाले सञ्चालन गर्ने उक्त कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, फ्रस्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेन्ड रनरअप प्रदेश नम्बर १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकै अस्मिता अधिकारीले धमाकेदार प्रस्तुति दिनेछन् ।

यसैगरी, नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगीबुगी सिजन १ का (टप फोर) कलाकारहरू विजेता कविता नेपाली, फस्र्ट रनरअप तनहुँकी प्रतिभा पुन, सेकेन्ड रनरअप सरोज मोक्तान र थर्ड रनरअप रबिन भुजेलले पनि फेस्टिबल घन्काउँदैछन् ।

यस्तै, चर्चित र्यापर भिटेन, सालको पात टपरी हुनी बोलको चर्चित लोकगीतका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एवं विभिन्न चरा चुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमबाट भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।

कतार नेपालीहरूको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश हो । यहाँ करिव पाँच लाख नेपालीहरु कार्यरत छन् । कतारको राष्ट्रिय चाड ईदको अवसरमा कतारी सरकारले सार्वजानिक विदा दिएको छ । त्यसैले इस्लाम धर्मावलम्बीहरूको महान चाड (रमादान इद–अल फितरको) अवसरमा आआफ्ना कामबाट विदा मिल्ने भएकाले उल्लेख्य संख्यामा नेपालीहरु कार्यक्रममा सहभागी हुने विश्वास आयोजकहरुले लिएका छन् । आयोजकमध्येका एक गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलतापूर्वक ग्रान्ड फिनाले सम्पन्न गरेका थिए ।

कार्यक्रममा ३५, ५०, ६५ र ८० कतारी रियाल मूल्यका टिकट राखिएका छन् । कार्यक्रममा सहभागी हुन आउनेहरुलाई सम्पर्क स्थानबाट कार्यक्रम आयोजना स्थलसम्म पुग्न यातायातको व्यवस्था पनि गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहनाले टिकट तथा यातायातको जानकारीका लागि समीर केसी ३१५४९२९४, नारायण भण्डारी ३१५३६८९५ र प्रकाश ढकाल ५५९४९५९३ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *